दुलही : मेकअप टिप्स  

प्रत्येक बेहुली बिवाहको आकर्षणको केन्द्रबिन्दु हुन् । जब बिवाहको मिति तय हुन्छ तब निमन्त्रणा लिस्ट, डेकोरेसन, बेहुला बेहुलीको कपडाको डिजाइन, गरगहना जस्ता पक्षहरुको तयारीमा लागेको पाइन्छ । यहि तयारी कै शिलसिलामा एकदम महत्वपुर्ण पक्षलाई हामीले बिर्सिरहेका हुन्छौ जुन हो बेहुलीको छाला र कपालको स्याहार, बिवाह, पार्टीको दिन वा बेहुलीको रुपमा सजिनका लागि धेरै कुराहरुमा ध्यान दिनु पर्छ । बेहुली बन्ने दिन मात्र मेकअप, हेयर स्टाइल गरेर पूर्ण रुपमा निखार नआउने भएकोले विवाह पुर्व नै निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

पार्लरमा गरिने स्याहार
विवाहमा आकर्षक देखिनका लागि दैनिक स्याहार बाहेक दक्ष ब्युटिसियनको सल्लाहमा छाला र कपालको फेसियल तथा हेयर स्पा गराउनु पर्ने हुन्छ । साथै अन्य स्याहारमा ट धतान दिनुपर्ने हुन्छ ।

फेसियल

बिवाह हुनु भन्दा ३ महिना अगाडीबाट फेसियल गराउनु पर्छ । यदि समय कम भएमा हप्तामा एक पटक पार्लर भिजिट गर्नु पर्छ । यदि छाला राम्रो भएमा मेकअप गराएर पनि छालले मेकअपलाई स्मुथ एप्लिकेसनका साथै राम्रो एब्जर्भ गर्छ । फेसियलले छाला सफा, गोरो देखिनुका साथै चम्किलो बनाउछ । विवाहको ३ दिन अगावै फेसियल गर्नुपर्छ ।

हेयर स्पा
समय भए सम्म महिनामा एक पटक हेयर स्पा गर्नुपर्छ । समय कम भएमा विवाहको एक हप्ता अगाडी एक पटक चाही गर्नेपर्छ । यसका साथै घरेलु उपाय समेत अपनाउन सकिन्छ । हेयर स्पाले सुख्खा र टुक्रिएको कपाललाई रिपेयर गर्न मद्दत गर्छ र कपाल सिल्की चम्किलो हुन्छ जसले गर्दा बिवाहको लागि हेयर स्टाइल दिन सजिलो हुन्छ ।

 मेनिक्योर पेडिक्योर
मेनिक्योर पेडिक्योर विवाहको दुइ दिन अगाडी गर्नुपर्छ । समय भएसम्म बिवाह पुर्व समय समयमा हात र खुट्टाको स्याहारका लागी पार्लर जादा राम्रो हुन्छ । जसले गर्दा आफुलाई कस्तो खालको नेल सेप राम्रो देखिन्छ, नेल पोलिस वा नेल आर्ट सम्बन्धी राम्रो जानकारी हुन आउछ र बेहुली हुदा पर्फेक्ट नेल सेप र आर्ट हुन्छ ।

वाक्स
वाक्सले हाम्रो शरीरमा भएको अनावस्यक रौहरुलाई फालेर स्मुथ स्किन बनाउन सहयोग गर्छ । बिवाहको ३ दिन अगावै वाक्स गर्नुपर्ने हुन्छ । जसलेगर्दा कुनै साइडइफेक्ट देखिएमा पनि उपचार गर्ने समय बाकी रहन्छ ।

घरेलु स्याहार

सि टि एम
क्लिंजिंग, टोनिंग, मोस्चराईजीङ दैनिक रुपमा गर्नुपर्ने हुन्छ जसले गर्दा छालालाई सफा, टाइट र चम्किलो बनाउछ । यसका साथै स्क्रब र सनस्क्रिनको प्रयोग समेत नियमित गर्नु पर्छ ।

कपालको स्याहार
घरेलु स्याहारमा कपालको स्याहार एकदमै महत्वपुर्ण छ । समय समयमा तेल लगाउने । तेल लगाउदा सफा कपालमा लगाउनु पर्छ र धेरै समय राख्नु पर्दैन । कपालमा विभिन्न घरेलु प्याक बनाएर पनि प्रयोग गर्न सकिन्छ । जस्तै: १ अन्डा, १ चम्चा ओलिभ ओइल र मह मिसाएर हप्ताको एक पटक लगाउने र २० मिनेट राखेर स्याम्पु गर्ने जसले कपाल लामो र चम्किलो हुने गर्छ ।

स्वस्थकर जीवनशैली
स्वस्थकर जीवनशैली एकदमै महत्वपुर्ण पक्ष हो जसले विवाह अघि शरीरलाई फिट राख्ने, छाला चम्किलो, दात सेतो सफा देखाउने जस्ता कार्य निर्धारण गर्छ । विवाह अगाडी हरियो सागपात, रसिला फलफुल तथा धेरै मात्रामा पानीको सेवन गर्नु पर्छ जसले छालामा निखार ल्याउन मदत गर्छ । धेरै मात्रामा अल्कोहल को सेवन गर्नाले छालालाई सुख्खा र पफ्फी बनाउछ त्यसैले अल्कोहललाई पूर्ण रुपमा बन्द गर्नुपर्छ ।  निन्द्रा एकदम आवस्यक छ र स्ट्रेसका कारण छालामा धेरै समस्या आउने हुदा दिमागलाई फ्रेस राखिरहन जरुरी छ । यसरी विवाह पुर्व बेहुलीले व्यक्तिगत स्याहारमा ध्यान दिनुपर्छ ।
(ब्युटिसियन शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टरसंगको कुराकानीमा आधारित)