सम्पादकीय

नेपालको रंग पत्रकारिता आरोपको बिस्कुनबाट गुज्रिरहेको छ । पैसामुखी भएको र पत्रकारिताका मूल्य मान्यताप्रति निरपेक्ष रहेको यो विधाका पत्रकारले खेपिरहेको आम आरोप हो । त्यसैले हाम्रो पहिलो प्रयास यस्ता आरोप चिर्नमा केन्द्रित रहनेछ । संस्कृतमा एउटा भनाइ छ, ‘मनोहारी हितकारी वचनम् च दुर्लभम्’ अर्थात सुन्दा सधैं मीठो लाग्ने र त्यसले भलो पनि गर्ने कुराहरू दुर्लभ्य छन् । त्यसैले हाम्रो दोस्रो प्रयास ‘मनोहारी’ वचनसँगसँगै ‘हितकारी’ वचन प्रवाह गर्नमा पनि लक्षित हुनेछ ।

२०७४ चैत ५ गते २:३९ मा प्रकाशित

प्रतिक्रिया