‘यूरोपको पानी, बदलिइन् गरिमा नानी’

नायिका गरिमा पन्तका यूरोपका विन्दास फोटोहरु हेर्ने हो भने कसैले पनि पत्याउदैन कि, उनी ‘झोला’ फिल्मकी अभिनेत्री हुन । नेपाली फिल्ममा रहुन्जेलसम्म गरिमा पन्तले कहिले पनि ग्ल्यामर पहिरन लगाइनन् ।

गरिमाका पहिरन न त फिल्ममा नै खुलेका थिए न त उनको पहिरन कुनै कार्यक्रममा नै खुलेको देखिन्थ्यो । गरिमा फिल्म बजारमा सोझी अभिनेत्रीको रुपमा चिनिएकी थिइन् ।

तर, सबैलाई चकित बनाउँदै गरिमाले बेल्जियममा बस्दै आएका एनआरएन हरी थपलियासँग बिहे गरिन् । गरिमा र हरिको १ बर्ष लामो प्रेम बिहेका परिणत भयो । गरिमा सुटुक्क यूरोप पुगिन् र बिहे गरेर उतै बस्न थालिन् ।

गरिमा यूरोपमा स्थापित भएपछि अहिले उनी विन्दास हुन थालेकी छिन् । पति हरिसँग घुमेका तस्बिर हेर्ने हो भने जोकोहीलाई नेपाली फिल्मकी सोझी गरिमा हुन् भन्न नै मुश्किल पर्छ ।

गरिमाको पहिरन छोट्टिएको छ भने उनका विन्दास पोजहरुले सामाजिक संजाललाई तताएका छन् । गरिमालाई पनि यूरोपको हावापानीले छोएको छ । गरिमा शरीर मेन्टेन त बिहे नगर्दा नै खुबै गर्थिन् । अहिले पनि उनको मेन्टेन शरीरले धेरैलाई आकर्षित गर्छ ।

यूरोपको पानीले गरिमालाई पनि बदलेको छ । ‘यूरोपको पानी, बदलिइन् गरिमा नानी’ भन्न जोकोहीलाई पनि कर लाग्छ ।