स्कुल ड्रेसमा करिश्मालाई अप्ठ्यारो

अभिनेत्री करिश्मा मानन्धरले लगाएको पहिरन जस्तोसुकै होस्, हल्ला हुन्छ । करिश्मा मानन्धर नेपाली फेसन जगतकी ट्रेन्ड सेटर हुन भन्दा खासै अनुपयुक्त नहोला । करिश्मा मानन्धरले झुर लुगा लगाउँदा पनि उनको हल्ला हुन्छ राम्रो लुगा लगाउँदा पनि हल्ला हुन्छ । करिश्मा मानन्धर यही हल्लामा बर्षौदेखि रमाइपनि रहेकी छिन् ।

छोरी कविता मानन्धरलाई शुभकामना दिन राजधानीमा आयोजित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को पत्रकार सम्मेलनमा उपस्थित भएकी करिश्मा मानन्धरलाई छोटो लूगाले सास्ती दिएको थियो ।
करिश्मा मानन्धरलाई छोटो लूगाले सास्ती दिदा उनले मोबाइल र हात प्रयोग गर्दै ‘वार्डरोप मालफक्सन’बाट बच्ने प्रयास गरेकी थिइन् । करिश्माको यो पहिरनलाई लिएर विभिन्न शिर्षक बनेपछि उनले फेसबुकमा कडा शब्द समेत लेखेकी थिइन् ।

पत्रकारलाई आफ्नो पहिरनको बारेमा शिक्षा नै दिएकी करिश्मा मानन्धरले चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा स्कुल जाँदा लगाउने स्कुल पोशाक लगाइन् । स्कुल पोशाकमै कार्यक्रममा पुगेर करिश्माले पुरस्कार पनि वितरण गरिन् ।

करिश्माको स्कुल पहिरनमा यस्तो कार्यक्रममा उपस्थिती पत्रकारका लागि पुरानो हुने कुरै भएन ।
स्कुलको पहिरनमा उपस्थित करिश्माले यस्तो फोटो पनि के खिच्नु हुन्छ भन्दै पत्रकारसँग दुरी बनाउने काम गरेकी थिइन् । सधै फेसनमा रमाउने करिश्मालाई स्कुलको ड्रेसमा अप्ठ्यारो लागिरहेको थियो ।
फोटो : राजन काफ्ले