फुर्सदको हाँसो ‘एक्स्प्रेस’

नेपालमा ज्यादाजसो काम खरायोको शैलीमा हुन्छ । फुर्सद हुन्जेल समय छँदैछ नी भन्ने अनि समय सकिने बेलामा हतार गर्ने । फिल्म क्षेत्र यो शैलीले सबैभन्दा ज्यादा आक्रान्त छ । त्यसैले फिल्म रिलिजको संघारमा कलाकार तथा प्राविधिकलाई भेटियो भने उनीहरुको अनुहारमा हाँसो कम टेन्सन ज्यादा हुन्छ । तर, बुधबार मध्य बानेश्वरको एक रेस्टुरेन्टमा भेटिएको ‘कोहलपुर एक्सप्रेस’को टोलीको मुहार भने उज्यालो थियो । फिल्मको प्राविधिक काम सकिएको र फिल्म पनि सोचे जस्तै भएको सन्तुष्टि सबैको अनुहारमा देखिन्थ्यो । सोही अवसरमा मेरो फिल्मको क्यामरामा कैद भएका ‘कोहलपुर एक्सप्रेस’का कलाकार तथा निर्देशकको फोटो एल्बम :-