वर्षा र अनुप को रोमान्स ‘म त परे तिम्रै भरमा’ (भिडियो)

फिल्म ‘जय शम्भु’ को गीत ‘मत परे तिम्रै भर’ सार्वजनिक भएको छ । टंक बुढाथोकी र अन्जु पन्तको आवज्रहेको गीतमा अमृता नेपाल को शब्द रचना र गायक बुढाथोकीकै संगीत रहेको छ ।
फिल्ममा अनुपबिक्रम शाही र प्रशान्त ताम्राकार एक्सनमा देखिएका छन भने नायिका वर्षा सिवाकोटी लभर गर्लको रुपमा देखिएकी छिन ।दिनेश शाहीले निर्माण गरेको यस फिल्म्मा रुपेश तामाङको निर्देशन रहेको छ भने छायाँकन हरि घले लामाले गरेका हुन । समिर बलामी कास्टिङ डाइरेक्टर रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा अरबिन्द्रमान शाक्य रहेका छन् । टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी सिक्षा काफ्लेको कथा र श्री श्रेष्ठको एक्सन रहेको छ फिल्म ‘ भदौ १ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।