नागिन नायिका मौनी रोय ‘मेड इन चाईना’ खेल्दै

टिभी सिरियल नागिनकी नायिका मौनी रोयले अभिनेता राजकुमार रावसँग जोडी बाध्ने भएकी छन् । भारतिय मिडीया अनुसार मौनीले ‘मेड इन चाईना’ नामक फिल्ममा अभिनय गर्ने भएकी छन् । फिल्ममा मौनी राजकुमार रावको श्रीमतीको भुमिकामा देखिने छिन् । मिखिल मुसले निर्देशन गर्ने उक्त फिल्ममा दिनेश विजानको लगानी रहने छ । फिल्म सेप्टेम्बरबाट फ्लरमा जाने भएको छ ।

फिल्मको छायांकन भारतको मुम्बईबाट सुरु गरिने छ भने गुजरात र चीनमा पनि छायांकन हुने निर्माण टिमले बताएको छ ।  अक्षय कुमार स्टारर फिल्म गोल्ड मार्फत बलिउडमा डेब्यू गरिकी मौनीले राम्रो प्रतिक्रिया जमाईरहेकी छन् । फिल्ममा अक्षय कुमारको हकी प्रशिक्षकको रुपमा तपन दास रहेका छन् । र मौनीले उनको पत्नीको भूमिका निभाएकी छन् ।