तीजमा महाभारत (भिडियो)

गायिका शितल शर्मा र कला लम्सालको स्वरमा रहेको तीज गीत ‘महारानी’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा शितल शर्मा, कला लम्साल, राजु पौडेल, दिविशा शर्मा, सुशान्त पाठक, रुपा खनाल लगायतको अभिनय रहेको छ ।

शितल मिडियाको पहिलो प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् । गीतमा शब्द र लय शिव हमालको रहेको छ । घरमा सासुबुहारी नमिल्दा परिवार भताभुंग भएको कुरालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।