‘मिस टुरिजम – २०१८’ आवेदन खुल्ला

‘मिस टुरिजम–२०१८’  का लागी श्रावण २ गतेवाट आवेदन खुल्ला गरेको छ । प्वाईन्ट मिडियाले बुधवार एक पत्रकार सम्मेलन गरि मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि,पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

‘मिस टुरिजम–२०१८’ का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन १२ गते सम्म आवेदन दिन पाउनेछन । आवेदन पश्चात अडिसनवाट छानिएका प्रतिस्पर्धिहरु मध्येवाट उत्कृष्ठ २०, १० र ५ हुँदै आगामी भदौ २ गते काठमाडौंमा आयोजना हुने फाईनल कार्यक्रममा बिजेता छनौट गरिने छ ।

मिस टुरिजम–२०१८ लाई नगद रु. ५० हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१८ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गरिनेछ । त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने छ ।