सागर र प्रतिमालाई ‘मिस्टर एण्ड मिस पश्चिमाञ्चल २०१८’ को उपाधि

‘बुमर्याङ मिस्टर एण्ड मिस पश्चिमाञ्चल २०१८’ को उपाधि सागर खत्री र प्रतिमा सुवेदीले जितेका छन् । आरएन स्टाइलको आयोजना र बुमर्याङ इन्टरनेशनल एजुकेशन सुर्भिसको मुख्य प्रायोजनमा बुधबार सम्पन्न ग्राण्ड फिनालेमा यी दुइ विजेता घोषित भएका हुन् । उत्कृष्ट २८ (मिस्टर एण्ड मिस) हरुबाट उनीहरु विजेता बनेका हुन् ।

बुटवल स्थित मिलन हलमा भएको प्रतियोगितामा सुदिप सेञ्चुरी र अनामिका  पाण्डे फ्रस्ट रनर अप,समिर थापा र लेविष्का गुरुङ सेकण्ड रनर अप,विशाल नेपाली र अस्मि रानाले  थर्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरी ऋतिक जयस र अञ्जली नेपाली कोरियोग्राफर च्वाइस बनेका छन् भने शंकर तामाङ र प्रतिष्ठा थापाले  अर्गनाइजर च्वाइसको उपाधि प्राप्त गरेका छन् । एक महिना अघि सुरु भएको प्रतियोगिताका विजेतलाई आरएन स्टाइलका प्रबन्ध निर्देशक तथा चर्चित कोरियोग्राफर रेशम न्यौपाने, निर्देशक तथा प्रतियोगिताका कोरियोग्राफर सुजित बस्याल , बुमर्याङ  इन्टरनेशनल एजुकेशन सुर्भिसका प्रबन्ध निर्देशक बुद्धिसागर अर्याल,  मिस्टर पश्चिमाञ्चल २०१७ का विजेता अर्जुन गाहा लगायतले  सम्मान   तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा विभिन्न राउण्डसँगै सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहेका थियो । मध्यरातमा सम्पन्न ग्राण्ड फिनालेको सञ्चालन चर्चित  सञ्चारकर्मी  सुमन श्रेष्ठले गरेका थिए । विजेता सागर खत्री बुटवलका हुन् । उनी तिलोत्तमा क्याम्समा बिबिए अन्तिम सेमिस्टार अध्ययन गर्दै छन्  भने  प्रतिमा सुवेदी गुल्मीकी हुन् । उनले हालै  कान्ति मा.वि. बुटवलबाट एसईई उत्तिर्ण  गरेकी छन् ।