‘मिष्टर लुम्विनी २०१८’ युकेश ज्ञावाली

‘मिष्टर लुम्विनी २०१८’ को उपाधि बुटवलका १६ बर्षका युकेश ज्ञवालीले जितेका छन । शुक्रवार मणिग्रामको होटल ड्रिमल्याण्डमा भएको प्रीतयोगितामा उनले टाइटलका साथ साथै वेष्ट वक सव टाइटल समेत जितेका हुन । यहि बर्ष एसईई उतिर्ण युकेशले पुरस्कार स्वरुप मोटरसाइकल प्राप्त गरेका छन ।

प्रतियोगितामा देवदहका सुशिल खत्रिले मिष्टर लुम्विनी ग्राण्डको उपाधि जितेका छन । उनले यहि सेप्टेम्वरमा फिलिपिन्समा हुने मिष्टर ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछन । प्रतियोगितामा निरज पौडेल मिष्टर लुम्विनी ग्लाम र बिनय मिश्र मिष्टर लुम्विनी प्रि टिन ग्लामको उपाधि पाउदै २०१९ जनवरीमा फिलिपिन्समा हुने मिष्टर ग्लाम इन्टरनेशनलमा सहभागिता जनाउने छन । प्रतियोगितामा अञ्जान कुवर मिष्टर लुम्विनी नेपाल, एनिज विक मिष्टर लुम्विनी एम्वेसडर र कुनाल शिरिष भ्यूअर च्वाइस भएका छन ।

प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । मिष्टर ग्राण्ड इन्टरनेशनल नेपाल २०१७ दिक्पाल कार्की, मिष्टर नेशनल युनिभर्स फणिन्द्र प्रसाइ, मिस नेपाल २०१५ इभाना मानन्धर , फेशन डिजाइनर रविन परियार, दुर्गा थापा, राष्ट्रिय कलाकार तेजु अर्याल, इभेण्ट अर्गनाइजर अमित कुवर निर्णायक रहेका थिए । लुम्विनीलाइ पहिचान गराउदै सेविका थापा र अञ्जना गुरुङको डिजाइनमा कुर्थि राउण्ड वाट सुरु भएको प्रतियोगिता निरु थापा, रोजिता जिसी र धनु पुनको डिजाइनमा तयार पारिएको समर कलेक्सन हुदै जयन टेक्निकल कलेजको दौरा सुरवाल गरी तीन वटा सिक्वेन्समा प्रतियोगिहरुलाइ वाक गराइएको थियो ।