‘मिस्टर भर्जिन’ पोष्टरमा नायिका खै ?

फिल्म ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई फिल्ममा देखाउन खोजिएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । फिल्म भाद्र १ गतेबाट अल नेपाल रिलिज हुदैछ ।