नीशाको आवाज अमेरिकाले गुम्यो कि झगडाले ?

आइतबार रिलिज भएको फिल्म ‘कुम्भ करण’को ट्रेलरमा अभिनेत्री नीशा अधिकारीको एउटा पनि संवाद सुनिदैन । फिल्मको ट्रेलरमा उनको सौन्दर्य, उनको प्रेम र उनको हत्यालाई मुख्य प्लट बनाइएको छ । तर, फिल्मको ट्रेलरमा अभिनेत्रीको आवाज समावेश छैन ।

फिल्मका निर्देशक दीपक वलीले नीशा अमेरिका भएकाले पनि डबिङ गर्न नपाएको प्रतिक्रिया दिएका थिए । दीपकका अनुसार, अर्कै कलाकारको आवाजमा नीशाको डबिङ गरिएको छ । तर, दर्शक झुक्किएलान् भन्ने पिरले होला फिल्मका निर्देशकले ट्रेलरमा नीशाको कुनै पनि संवाद राखेनन् ।

अभिनेत्री नीशा अधिकारी अमेरिका गएकै कारणले उनको आवाज फिल्ममा समावेश नगरिएको होला त ? किनकी, नीशाको डबिङमा कुनै समस्या छैन भन्ने हरेक दर्शकलाई थाहा छ । यस्तै, नीशा अमेरिका जानु भन्दा पहिले नै यो फिल्म बनेको थियो ।

अमेरिकामा नै सन्तान जन्माएकी नीशा अब तत्काल नेपाल फर्कने संभावना पनि छैन । तर, नीशा अधिकारी अमेरिका गएकै कारण फिल्ममा उनको आवाज प्रयोग नगरिएको भन्ने कुरालाई पत्याइहाल्ने अवस्था छैन । किनकी, फिल्मको छायांकन अवधीदेखि नै फिल्मको निर्माण टोली र नीशाविच सम्बन्ध राम्रो थिएन । यसैले पनि फिल्मको काम अगाडि बढाउन यसका निर्माताले सकेका थिएनन् ।

नीशा र निर्माण टोलीविचको असमझदारीकै कारण उनको आवाज फिल्ममा समावेश नगरिएको हो । तर, अहिले दर्शक भड्किएलान् कि भनेर ट्रेलरमा नीशाको आवाज समावेश नगरि निर्देशकले चतुर्याईँ देखाएका छन् ।

नीशाको आवाज नहुँदा दर्शकले दिक्क मान्छन् या सामान्य, फिल्म रिलिजपछि सबैलाई थाहा भैहाल्छ । तर, नीशासँग के लफडा परेको थियो, त्यो कुरा वलीले कहिले भन्लान् ?