लिलिबिली लेखकको बोबीमाथि चाकडी की व्यंग्य ?

लिलिबिली फिल्मका लेखक हुन्, प्रदिप भारद्धाज । नेपालको महंगो फिल्म लेखक भनेर उनलाई चिनिन्छ । तर, प्रदिप अहिले आफ्नो स्टाटसमा फिल्मीकर्मी र फिल्ममाथि व्यङ्ग्य गरेर हिट छन् ।

प्रदिपले लेखेको लिलिबिली फिल्मका निर्देशक मिलन चाम्स हुन् । मिलन चाम्सले नै निर्देशन गरेको बोबी अहिले चलिरहेको छ । बोबी सिनेमाले रियल लाइफका जोडी उमेश थापा र कविता श्रेष्ठको प्रेमलाई बोकेको छ । यो सिनेमाको प्रेम कथालाई दर्शकले साथ त दिएनन् ।

तर, प्रदिपलाई भने बोबीको प्रेमकथामाथि कडा नै अभिव्यक्ति दिन मन लाग्यो । उनले, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्न नभ्याएको अर्को एउटा मुनामदन भन्दै स्टाटस लेखेका छन् । प्रदिपको यो स्टाटसले धेरै कुरा बोकेको छ । किनकी, मुनामदन महाकवि देवकोटाको सबैभन्दा चर्चित कृति हो ।

उनले, मुनामदनलाई बोबीसँग तुलना गर्नुको अर्थ के ? उमेश र कविता खासै चलेका पात्र होइनन् । यसैले पनि यी दुइको प्रेमकथामा फिल्म बनाएर मिलनले खासै चमत्कार नगरेको देख्दा देख्दै पनि उनले मुनामदनसँग तुलना गर्दा यसलाई चाकडी भन्ने की व्यंग्य ?