आइटममै दंग रिमा

अभिनेत्री रीमा विश्वकर्माले फिल्मको दुनियाँमा पाइला राख्दा धेरैले उनको सुन्दरता र स्टाइलको प्रशंसा गरे । रीमाले फिल्म क्षेत्रमा आफूलाई लामो रेशको घोडा बनाउछिन् भन्ने आशा पनि गरिएको थियो । तर, रीमाको पाइला फिल्ममा अगाडि बढ्नुको साटो रोकियो ।

अरु हिरोइनले अभिनय गरेका फिल्मको कार्यक्रममा राम्री बनेर रीमाले कनिकुथी चर्चा त पाइन् तर त्यसले उनलाई खासै फाइदा गरेन । बरु, बिहे गरेको २ बर्षमै डिभोर्स भएपछि रीमा चर्चाको घेरामा रहिन् ।

डिभोर्स भएपछि आफूलाई सम्हालिरहेकी रीमालाई अभिनेत्री केकी अधिकारीले आफ्नो फिल्म ‘कोहलपुर एक्सप्रेस’मा एउटा गीतमा नृत्य गराइन् ।

‘सी ओ डब्लू काउ’ बोलको गीत अहिले युटुबमा १ करोड भ्यूज कमाउन सफल भएको छ । यो आइटम गीतले १ करोड भ्यूज कमाउँदा फिल्मकी निर्माता र अभिनेत्री केकी अधिकारी त खुशी हुने नै भइन् । तर, अभिनेत्री रीमा विश्वकर्माको खुशी पनि कम छैन । उनले केकीसँग मिलेर केक काटेर सेलिव्रेशन गरिरहेकी छिन् ।

अभिनेत्री रीमा विश्वकर्मा आइटम गीतले १ करोड भ्यूजमै खुशी हुनु स्वभाविक हो । तर, के उनी अब आइटम गर्लमै सिमित हुन थालेकी हुन् त ? केकीसँगै फिल्ममा प्रवेश गरेकी रीमाले केकी चर्चित अभिनेत्री र निर्मात्री भैसक्दा न त फिल्ममा सफलता पाइन् न त दर्शकले उनलाई राम्रोसँग चिन्न पाए ।

गीतले ‘बल्ल वुझे यो कान्छाको सिन्दुर हाल्ने दाउ’ भनेजस्तै रीमाले आफ्नो करिअर ओरालो लाग्दै गरेको कहिले वुझ्ने ? कि युटुबमा आफू नाचेको गीतको भिडियोले यति भ्यूज पायो भनेरै मख्ख पर्ने ?