शोभित र रेजिनाको त्यो भेट

अभिनेत्री रेजिना उप्रेतीलाई फिल्मको कार्यक्रममा पत्रकारले अहिले बाक्लो रुपमा देख्छन् । बिहे गरेपछि हराएकी रेजिना अहिले फिल्मी कार्यक्रममा उपस्थिती जनाउँदै फिल्म लाइनमा आफू अझै सक्रिय रहेको छनक दिइरहेकी छिन् ।

राजधानीमा सोमबार बेलुकी आयोजना भएको ‘चलचित्र पत्रकार संघ, नेपाल’को कार्यक्रममा रेजिना पनि पुगेकी थिइन् । तर, संयोग के भने रेजिना उपस्थित सो कार्यक्रममा निर्देशक शोभित बस्नेत पनि उपस्थित थिए ।
रेजिना र शोभितविच बोलचाल हुन्छ या हुँदैन भन्ने सोचका साथ पत्रकारहरुले क्यामेरा घुमाइरहेका थिए ।

कार्यक्रम सकिएपछि शोभित र रेजिनाविच कुराकानी भयो । उनीहरुले एकले अर्कालाई आत्मियता दर्शाएका थिए । क्यामेरामा तस्बिर खिच्दै गर्दा भने उनीहरुले त्यती सहजता देखाएनन् ।
सो कार्यक्रममा निर्माता सुनिल कुमार थापा पनि उपस्थित थिए ।

कुनै समय सुनिल कुमार थापा र रेजिनाको ‘हेल्मेट काण्ड’ खुबै चर्चित थियो । अभिनेत्री झरना थापा र रेजिनाविच भने बोलचाल नै छैन । शोभित बस्नेतले रेजिनाको फिल्मको पाइलालाई अघि बढाउन खुबै सहयोग गरेका थिए । के अब शोभितले फेरि रेजिनालाई फिल्ममा री–इन्ट्री गराउछन् होला त ?