रुने त फेसन नै भयो बा…

रोइदिए फिल्म चलिहाल्छ भन्ने भ्रम पाल्न थालेछन् कि के हो, नेपाली फिल्मका महिला कलाकारले । सबै रुन थाले । रुने कुराको सुरुवात त, कलाकार बसुन्धरा भुषालले नै गरेकी हुन् । तर, बसुन्धरा भुषाल त जुन कार्यक्रममा पनि रोइदिन्छिन् ।

अहिले त फिल्म चलाउनका लागि जो पनि रुने चलन छ । छक्का पन्जा २ चलाउने समयमा यसकी निर्देशक दीपाश्री निरौला रोइन् । फिल्म कान्छी चलाउने समयमा यसकी निर्मात्री र कलाकार स्वेता खड्का रोइन् । फिल्म हिरोजको पत्रकार सम्मेलनमा निर्मात्री र कलाकार पूर्णिमा लामा रोइन् । फिल्म शत्रु गते चलाउने बेलामा अभिनेत्री आँचल शर्मा त कति रोइन् रोइन् ।

अहिले फिल्म पण्डित बाजेको लौरी चल्ने समयमा यसकी अभिनेत्री सन्ध्या केसी पनि रोएकी छिन् । सन्ध्याले फिल्म हेरेपछि रोएकी थिइन् । यो फिल्म पनि चलिदियो भने अरु कति कलाकार रोलान् ?