सत्यराजलाई गायकी नै फाप्या हो कि ?

गायन पेशामा हिट हुँदा हुँदै अभिनेता बन्ने रहरले डुबेका धेरै नाम छन् । गायन पेशामै हजारौ फ्यान र लाखौ रकम कमाउँदा पनि धेरै गायकलाई हिरो भन्ने रहर जाग्छ । हिरो भन्ने रहर जाग्दा, उनीहरु केही बर्षमै हराएका छन् । यसले, न उनीहरुलाई गायनमा लामो समयसम्म टिकाउँछ, न त हिरो नै बनाउँछ ।

गायक बाबु बोगटी, निमा रुम्बा, रामकृष्ण ढकाल लगायतलाई हेर्दा पनि हुन्छ । गायक सत्यराज आचार्यको स्वरको फ्यान पनि हजारौ छन् । उनलाई गीत गाउनकै लागि देश तथा विदेशबाट अफरको ओइरो छ ।

तर, सत्यराजलाई पनि अरु गायक जस्तै हिरो बन्ने धुन चलेको बर्षौ भैसक्यो । फिल्म ‘आचार्य’मा उनी आफ्न पिता भक्तराज आचार्यको भूमिकामा देखिए । फिल्म चलेन भन्दा हुन्छ ।

यस्तै, फिल्म ‘साढे सात’मा उनी पत्रकारको भूमिकामा देखिए । फिल्म चलेको दिन नै हलबाट उत्रियो । अब, अहिले उनी फिल्म ‘हैरान’मा पनि मुख्य भूमिकामा छन् । फिल्ममा हिरो हुने र अनुहार देखाउने रहरले कतै सत्यराजको गायकी पेशा त धरापमा पर्ने होइन ? आफू जेका लागि जन्मिएको हो त्यतातिर नै ध्यान दिने हो कि सत्यजी ?