‘सिमा द मेकअप स्टुडियो’ संचालनमा

चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले ‘सिमा द मेकअप स्टुडियो’ लाजिम्पाटमा संचालनमा ल्याएकी छिन । संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर स्टुडियोको उद्घाटन गरेका छन् ।

सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकी छन । उनी भन्छिन, ‘मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ । साथै होम सर्भिस मेकअपको समेत ब्यबस्था रहेको छ ।’ शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धि सम्पूर्ण मेकअप पनि गरिने छ।