सिड्नीमा गायक आशिषको फेशन कलेक्सन

नेपाल रहँदा सांगितिक विधामा सकृय रहने गायक आशिष गौतम ‘सचिन’ नेपाल बाहिर रहँदा विजनेसलाई अघि बढाउँदै आएका छन् । उनको व्यवसाय चाइना र अष्ट्रेलियामा रहेको छ ।

चाइनामा रहेर लामो समयदेखि फर्निसिङ सम्बन्धी व्यवसाय गर्दै आएका आशिषले पछिल्लो समय अष्ट्रेलियामा ‘आरोही पार्टीज कलेक्सन’ नामक फेशन कलेक्सन सुरु गरेका छन् । आरोही कलेक्सनमा विशेषतः महिलाहरुको लागी पार्टी सम्बन्धि ड्रेस, ब्यागसँगै आर्टिफिसियल ज्वेलरीहरु उपलब्ध हुने आशिषले बताए ।

गायन तथा सांगितिक विधालाई सोख मान्ने उनी व्यवसाय नै आफ्नो मुख्यः पेशा रहेको बताउछन । गीत गाउने सानै देखिको सोख भए पनि सुरुवातमा गायन विधामा स्थान नपाउदा उनले कोरियोग्राफी समेत गरे । अब भने नेपाली गीत संगीत क्षेत्र र यो सँग जोडिएका व्याक्तित्वहरुसँग नजिक भएको कारण केहि गर्नको लागि हौसला मिलेको उनी बताउछन् । आशिषको स्वरमा पछिल्लो पटक ‘मेरो हरपल तिमी’ बोलको गीत रिलिज भएको थियो ।