आजबाट हलमा ‘सुनकेशरी’ र ‘कोशेली’, सुनकेशरी हाउसफुल

आजबाट फिल्म ‘सुनकेशरी’ र ‘कोशेली’ रिलिज भएका छन् । हरर फिल्म सुनकेशरीमा रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानी रहेको छ भने अर्पण थापाको कथा तथा निर्देशन रहेको छ ।

फिल्ममा रिचा शर्मा, रबिन्द्र झा लगायत नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ । सम्पूर्ण हलहरुमा फिल्म सुनकेशरी हाउसफुल छ ।

प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्म ‘कोशेली’ मा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ । भोले बाबा फिल्म्सको व्यानरमा निर्मित फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता रहेकी छन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय हेर्न सकिने छ । फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।