रोमियो एण्ड मुनाको ‘तिम्रै लागी हो’

फिल्म रोमियो एण्ड मुनाको दोश्रो गीत ‘तिम्रै लागी हो’ सार्वजनिक भएको छ । गीतमा गौरभ डागावन्कर र ओरुणिमा भट्टचार्यको आवाज रहेको  छ ।  हर्कुलस बस्नेत र सबिन एकतारेको शब्द रचनामा रहेको गीतमा गायक गौरभ र रचनाकार बस्नेतको संगीत रहेको छ ।

फिल्ममा विनय श्रेष्ठ, सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीकै पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । छायाँकन शिवराज श्रेष्ठले गरेका छन् भने निर्देशक प्रशन्न गोपाली रहेका छन् । फिल्म प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्यमा निर्माण गरेका छन् । फिल्म साउन ११ देखि प्रदर्शन हुनेछ ।