‘वाकाथोन २०७५’ सम्पन्न (फोटो फिचर)

नयाँ बर्षको अवसर पारेर आध्या कम्युनिकेसन र इभेन्ट 360 डिग्रीको आयोजनामा वाकाथोन २०७५ ( वाक फर अ कज) सम्पन्न भएको छ । नयाँ बर्षको संकल्प शिक्षाको लागी पाइला भन्ने नाराका साथ सम्पन्न उक्त वाकाथोन बानेश्वर कोलम्बस कलेजबाट सुरु भएर माईतिघर, पुतलिसडक, कमलपोखरी, मैतिदेवी, पुरानो बानेश्वर हुँदै पुन बानेस्वर कोलम्बस कलेजमा आएर सकिएको थियो ।