बाल्यकाल सम्झदैँ सञ्चिता

- मेराेफिल्म

अहिले लकडाउनले सबैलाई आक्रान्त पारेको अवस्था छ । यस अवस्थामा नेपाली फिल्मीकर्मीलाई आक्रान्त नपार्ने कुरै भएन । ३ महिनादेखि सबै घरमा नै बसेर केहि न केहि गरिरहेका सामाजिक सञ्जालमा देख्न सकिन्छ । यस्तै लकडाउनमा घरमै बसेकी लकडाउनको पालना गरिरहेकी अभिनेत्री सञ्चिता  लुइटेल भने कहिले चित्र बनाउने, गीत गाउने त केहिले छोराछोरीलाई गीत गाउन लगाइरहेको तस्विर ,भिडियो बनाएर रमाइरहेकी छन् ।

हालै उनले सार्वजनिक गरेको तस्विरले भने उनलाई बाल्यकालको सम्झना गराएकी छन् । केहि घण्टा अगाडी उनले आफ्नो फेसबुकमार्फत आफ्नो बाल्यकाललाई सम्झिएकी छन् । आफ्नो बाल्यकालको तस्विर सार्वजनिक गर्दै इट् इज मि भनेर क्याप्सन लेखेकी छन् । उनको तस्विरलाई धेरैले मन पराएका छन् । नेपाली फिल्ममा सोचे अनुसारको जम्न नसकेकी सञ्चिताको  नयाँ फिल्म फिल्मीबजारमा आउने कुनै छाँटकाँट छैन । कतै लकलाउडनको समयमा नयाँ फिल्म बनाउने या अभिनय गर्ने सोच पलायो कि ? जान्न मन लाग्यो क्या सञ्चिता जी ?

२०७७ असार १६ गते १३:४३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *