सन्तोषको नयाँ फिल्ममा पनि प्रदीप

- मेराेफिल्म

अभिनेता प्रदीप खड्का प्रेम गीत ३ रिलिज नहुदै अर्को फिल्मको तयारीमा जुटेका छन् । अहिले ‘प्रेमगीत ३’ कोरोनाको कारण रोकिएको बेला निर्माता सन्तोष सेन नयाँ फिल्म बनाउने तयारीमा जुटेका छन् । उनको फिल्ममा प्रदीप खड्का नै दोहोरीने भएका छन् ।
फिल्म ‘प्रेमगीत’बाट चर्चामा आएका प्रदीप ‘प्रेमगीत’,‘प्रेमगीत २’ र प्रेम गीत ३ मा अभिनय गरिसकेका छन् ।

नयाँ बन्न लागेको भनिएको फिल्मको कथा ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले लेखिरहेका छन् भने अन्य कलाकार र निर्देशकको भने टुङ्गो लागेको छैन । केहि समय देखि प्रदीप खड्का र सन्तोष छायाँकनका लागि लोकेसन हेर्न उपत्यका बाहिर छन् । बनाउन लागिएको फिल्म भने कमेडी जनरामा निर्माण हुने बुझिएको छ ।

२०७७ असार १६ गते १७:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *