‘सयकडा दश’ ट्रेलरमा भ्रष्ट राजाराम

फिल्म ‘सयकडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रामशरण पाठकको लेखन तथा निर्देशन् रहेको छ । ट्रेलरमा देखाइए अनुसार भ्रष्टाचारलाई निर्मुल पार्न प्रेमले महत्वपुर्ण भूमिका निर्वाह गर्छ भन्ने कथा फिल्मले बोकेको अनुमान लगाउन सकिन्छ ।

‘भ्रष्टाचारविरुद्ध सदाचार’ भन्ने सन्देश बोकेको फिल्ममा राजाराम पौडेललाई भ्रष्ट कर्मचारीको भूमिकामा प्रस्तुत गरिएको छ । फिल्ममा राजारामसंगै मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल लगायतको अभिनय रहेको छ । दर्शन नेपाल क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् भने फिल्मका सह-निर्माता साजन थापा हुन् । फिल्म नेपालमा प्रदर्शनमा आउनु भन्दा अगाडि थाइल्यान्ड र म्यानमारमा प्रदर्शन हुनेछ ।