‘प्याडम्यान’ को बिजनेस पहिलो भन्दा दोश्रो दिन राम्रो

- मेराेफिल्म

वलिउड स्टार अक्षयकुमार स्टार फिल्म ‘प्याडम्यान’ले बलिउडमा लोभलाग्दो रिभ्यू पाएको छ । समिक्षक तथा दर्शकले फिल्मलाई उच्च वर्ड अफ माउथ दिँदै गर्दा वक्स अफिसमा पनि फिल्मले पहिलो दिन भन्दा दोश्रो दिन राम्रो बिजनेस गरेको छ ।

पहिलो दिन १० करोड २६ लाखको बिजनेस गरेको फिल्मले दोश्रो दिन १३ करोड ६८ लाखको बिजनेस गरेको छ । दुई दिनमा फिल्मको बिजनेस २३ करोड ९४ लाख पुगेको छ । पहिलो विकेण्डमा फिल्मले ४० करोड माथीको बिजनेस गर्ने अनुमान बलिउड ट्रेण्ड ‘एनालाइसिस’हरुले गरेका छन् ।

आइतबार भारतमा पर्ने बिदाको फाइदा फिल्मले उठाउन सक्छ । समिक्षकले पाँचमा चार सम्म रेटिङ फिल्मलाई दिएका छन् । सामाजिक अभियानको रुपमा लिइएको फिल्ममा अक्षयले निभाएको कामको यतिबेला चौतर्फी तारिफ भइरहेको छ । अक्षयसँगै सोनम कपुर र राधिका आप्ते लिड रोलमा रहेको फिल्मलाई आर बल्कीले निर्देशन गरेका हुन् ।

२०७४ फागुन १० गते १७:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *