प्रियंका एसियाकै सर्वाधिक कामुक महिला

पुर्व विश्व सुन्दरी तथा वलिउड अभिनेत्री प्रियंका चोपडा एशियाकै सर्वाधिक कामुक महिलाको सुचीमा पहिलो नम्बरमा आएकी छिन् । ईस्टर्न आई नामको पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्कमा बर्ष २०१७ को सर्वाधिक ‘सेक्सी’ महिलाको पहिलो नम्बरमा प्रियंका परेकी हुन् ।

पचास जना कामुक एसियाली महिलामा प्रियंका अब्बल ठहरिएकी थिईन् । पत्रिकाले गराएको सर्वेक्षणमा प्रियंकाले सबभन्दा धेरै मत पाइन् । टीभी अभिनेत्री निया शर्मा चाहिँ दोस्रो नम्बरमा रहिन् ।

एशियाकै सेक्सिएस्ट वुमन चुनिएपछि प्रियंकाले प्रशंसकहरूलाई धन्यवाद दिएकी छन् । यस्तै बलिउड अभिनेत्री दीपिका पादुकोण उक्त सूचीमा तेस्रो स्थानमा परेकी छिन् भने त्यस्तै चौथोमा आलिया भट्ट र पाँचौंमा पाकिस्तानी अभिनेत्री माहिरा खान छन् ।