मलाई बाच्न देउ

Don’t Kill Me अर्थात्  “मलाई बाच्न देउ” बोलको गीत तथा म्युजिक भिडियो आज एक कार्यक्रम को बीच सार्बजनिक गरिएको छ ।

गर्भपतनको डर बढिरहेको समयमा यो अवस्थालाइ नियत्रण गर्नु पर्छ र गर्भमा रहेको बच्चाको जीवन सुरक्षित गर्नु पर्छ साथै उसको बाच्न पाउने अधिकार सुरक्षित हुनु पर्छ भन्ने अभियान का साथ यो संदेशमुलक गीत सार्बजनिक गरिएको हो । लाइन्स क्लब अफ नेपाल बूढानिलकण्ठको आयोजना र लाइनस क्लब अफ इन्टरनेसनल दृष्टिक 325A2 ले सह आयोजना गरेको उक्त कार्यक्रम श्रब्य-दृश्य सामग्री को माध्यम बाट गर्भपतन बिरुद्ध को अभियान पनि हो । बाल गायिका प्रेगिशा पौडेलको स्वर रहेको उक्त गीत को शब्द निल गुरुङ को रहेको छ साथै संगीत महेश ज्ञवालीले दिएका छन् भने संगीत संयोजन बाबु प्रधान ले गरेका छन् । श्रोताहरुले गीत मन पराउने तथा आगामी दीनमा पनि माया गर्नुहुन्छ भन्ने विश्वास गायिका ले गरेकी छिन् । दृश्य सम्पादन मा आफ्नो छुट्टै पहिचान बनाएका निशान घिमिरे को निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा सृस्टी खड्का ,अर्जुन आचार्य , सपना थापा को ससक्त अभिनय देख्न सकिन्छ । पछिल्लो समय आफ्ना निर्देशकीय भूमिकालाइ फरक ढंग बाट प्रस्तुत गर्दै आएका निशान ले यो भिडियो पनि फरक प्रस्तुतीकरण गरेको बताए । सत्य घटनामा आधारित उक्त कथालाइ प्रस्तुत गरेको पनि उनले बताए । उक्त भिडियोलाइ अर्जुन तिवारी र उनको समूह ले खिचेको हो भने सम्पादन बिकाश दाहाल ले गरेका हुन् ।
भिडियो हेर्नुहोस्