रन वेमा सिमेन्ट !!!

सिमेन्ट र फेसनको सम्बन्ध शायद कल्पना भन्दा परको कुरा हो । तर सिमेन्टको प्रमोशनमा फेसनको संयोजन हुन सक्दैन भन्ने सोच्नु पनि गलत हुन सक्छ । गत साता बौद्धस्थित हायात रिजेन्सी होटलको प्रेक्षालयमा फेसन र सिमेन्टको सुन्दर समायोजन देखियो ।
शंकर ग्रुपको ब्यानरमा उत्पादन भएका विभिन्न ब्रान्डका सिमेन्टहरु प्याकेजिङ गरिने एडस्टार ब्यागहरु बनाइने मटेरियलबाट सुन्दर फेसनका सृजनाहरुलाई रनवेमा उतारियो । वन पिस र भोल्युम ड्रेस शैलीमा एडस्टार ब्यागहरुको फरक तर सुन्दर स्वरुपमा सजिएर मोडलहरुले क्याटवाक गरेका थिए । शंकर ग्रुपको विभिन्न ब्रान्डका नाम र लोगो अंकित एडस्टार ब्यागहरुलाई ड्रेसको स्वरुपमा ढाल्ने काम फेसन डिजाइनर तेन्जिङ छितेन भुटियाले गरेका थिए ।
सुदिपा पाठक, अरुणी वाइवा, सोफिया श्रेष्ठ, निक्की कार्की, वर्षा थकाली लगायतका चल्तीका मोडलहरुको प्रस्तुति रहेको सो फेसन कार्यक्रममा इन्डियाज नेक्स्ट टप मोडल रनर अप सविता कार्की शो ओपनर थिइन् भने अभिनेत्री प्रियंका कार्की शो स्टपरका रुपमा रहेकी थिइन् ।

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा

मुना रिजालले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्र…
एउटै कार्यक्रममा ६ विजेता घोषित

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

स्विम सुट राउण्डमा 'मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगी

प्रतिक्रिया