धुर्मुसलाई मन्त्री बनाइदिए हुन्छ : हरिवंश आचार्य

पछिल्लो समय चलचित्र शत्रु गते प्रोमोसनमा ब्यस्त हास्य अभिनेता हरिवंश आचार्य एक पत्रिका संग को अन्तर्वार्ता को क्रममा अर्का हास्य अभिनेता सिताराम कट्टेल(धुर्मुस) लाइ मन्त्रि बनाए हुन्छ भन्ने अभिब्यक्ति दिएका छन् ।

उनी सँगको पूर्ण अन्तर्वार्ता यस्तो छ:

एकाएक तपाईको चिना भेटियो भने ?

फेरि अर्को किताब लेख्छु । ‘चिना भेटिएको मान्छे’ शीर्षकमा ।

स्कुलको शिक्षक बन्ने अफर आयो भने ?

संसदको टिचर बन्ने थिएँ, स्कुलको होइन ।

अमेरिकाले तपाईंलाई आफ्नो देशको ग्रीन कार्ड दियो भने ?

उहाँहरूलाई नै फिर्ता गरिदिन्छु ।

कुनै बेला दर्शकलाई हसाउन सकिएन भने के होला ?

जाँच दिँदा सबै विषयमा फेल भए जस्तो हुन्छ नि ।

केही गरी मरिसकेका मानिससँग जम्काभेट भयो भने ?

यो त भावनाको कुरा मात्र हो । भेट्न पाए हुन्थ्यो जस्तो त लाग्छ । बुबा, आमा, श्रीमतीसँग भेट्न पाए त हुन्थ्यो नि ।

कुनै भगवानले मलाई हसाउन सक्छस् भनेर सोधे भने ?

भगवानले नेपाली भाषामा हँसा भन्ने भने हसाउँछु । हिन्दी र अंग्रेजीमा त सक्दिन ।

१ करोड रुपैयाँको चिठ्ठा पर्यो भने सबैभन्दा पहिले के किन्नुहुुन्छ ?

के किन्नु र ? के आउँछ र १ करोडमा ? मसँग सबै थोक छ । त्यो पैसा बैंकमा राख्छु ।

दु:खी तथा गरिबहरूलाई हसाउने मन्त्रालय खुल्यो भने कसो होला ?

मन्त्री नयाँ हुनुपर्छ । धुर्मुसलाई मन्त्री बनाइदिए हुन्छ । धुर्मुस र सुन्तलीले त्यस्तो मन्त्रालय नखोले पनि उनीहरूलाई हँसाइरहेका छन् । मन्त्रालय खोल्नै पर्दैन ।

कान्तिपुर साप्ताहिकबाट साभार