द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको आरोपमा प्रहरीले चर्चित नेपाली फिल्मका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई ठमेलबाट पक्राउ गरेको छ । बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खड्गीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यामसमेत लिएको छ । मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको भन्दै केही दिन अगाडि राजेन्द्र खड्गी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।