पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक

गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । आफ्नी आमाको सम्झनामा उनले यो गीत ल्याएकी हुन् । आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताईन् ।
उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै आमाहरूमा समर्पण गर्न चाहन्छु ।” यस गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् उतार्न निकै कठीन भएको सङ्गीतकार लक्ष्मण शेषले बताए । सबै दिवंगत आमाहरूप्रति समर्पित यो गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा खनालले व्यक्त गरेकी छन् । आमा साथैमा भएपनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको र त्यही महसूस हुने गरी आफूले स्वर दिने कोशिष गरेको गायिका विन्दु परियारले बताइन् । यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् । दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरू बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिक भइसकेको छ । अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ ले सात महिनामा पि.आर.वि.टी. मार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया