‘मिस नेपाल पिस’ का लागि पहिलो चरणको अडिसन सम्पन्न

‘मिस नेपाल पिस’ का लागि पहिलो चरणको अडिसन सम्पन्न भएको छ । यस् प्रतियोगिता नेपाल ब्रेस्ट क्यानसर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले गर्दै आएको छ। प्रतियोगीताका लागि अडिसन राउन्डमा नर्सिङ पेशामा संलग्न एवं नर्सिङ अध्ययन गर्दै गरेका युवतीहरुको बाक्लो सहभागिता रहेको थियो । सहभागीहरु मध्येबाट आत्मविश्वास, व्यक्तित्व, नर्सिङ पेशा प्रति लगाव र जिम्मेवारी बोध, सकरात्मक सोच, प्रतिभा भएका सहभागिहरुलाई पाँचौं संस्करणको ‘मिस नेपाल पिस’ फाइनल प्रतिस्पर्धाका लागि छनौट गरिनेछ । अडिसन राउन्डमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, चिकित्सकद्वय डा. लोचन कार्की र डा. सुजिता हिराचन तथा मिस नेपाल पिस २०७३ की विजेता सनम थापा मगर निर्णायकका रुपमा रहेका थिए । मिस नर्स नेपालको परिमार्जित स्वरुप मिस नेपाल पिस प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउनका कार्यक्रमको थालनी भएको आयोजकले बाताएका छन। नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका ‘मिस नेपाल पिस’ प्रस्तुत हुदै आएको छ।