‘धान कुटी मकै भुटी’ भिडियो सार्वजनिक

Mero Film

बालापनमा धान कुटी मकै भुटी भन्दै हामी कैयौं ले मादल बजाउन प्रयास गरेक छौ होला। ताल काट्न नजानेर धान कुटी मकै भुटी भन्दै मादल बजाउने हामी सबैलाई त्यो बालापनको झल्को दिलाउने खालको एक गीत सार्वजनिक भएको छ। दीपेन्द्र घिमिरेको शब्दमा एस.डि योगी को संगीत रहेको गीत “धान कुटी मकै भुटी” को भिडियो सार्वजनिक भएको हो। एस.डि योगी र श्रुती योगी को स्वर रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य लाई फिचर गरिएको छ। निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा ले छायाङ्कन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ। भिडियोलाई चन्द्र गौतम ले निर्माण गरेका हुन।

भिडियो हेर्नुहोस्:-

 


Leave a Reply

Your email address will not be published.