संजिव सिंहको ‘बितेर गयो दिन’ सार्वजनिक

गायक संजिव सिंहले पछिल्लो पटक आवाज दिएको नँया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बितेर गयो दिन’ बोल रहेको गीत भर्खरै मात्र युब्त्युबमा सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा शब्द एवंम् संगीत पनि गायक सिंह कै रहेको छ। भिडियोमा प्रविन श्रेष्ठको निर्देशन रहेको छ भने गीतलाई मोक्ष प्रोडक्सनको अफिसियल युब्त्युब च्यानलले सार्वजनिक गरेको हो। गीतमा चर्चित मोडल तथा भी.जे. बिबेक सिंह ठकुरी र अभिनेत्री बेनिशा हमाल फिचरिंग भएका छन।  नेपाली म्युजिक भिडियो क्षेत्रमा चर्चित र ख्याती प्राप्त नाम हो बिबेक र बेनिशा , उक्त गीतको भिडियोमा पनि यी दुईलाई निकै लोभलाग्दो ढंगले प्रस्तुत गरिएको छ। यो भन्दा अघि ५-६ वटा म्युजिक  भिडियोमा संगै काम गरेका बिबेक र बेनिशाका सबै भिडियोहरुले दर्शकहरुको मन जिती सकेको छ। कोरियन स्टाईलको झल्को दिने गीतको भिडियोलाई घनश्याम शर्माले खिचेका हुन् ।

भिडियो हेर्नुस: