जसका लागि सलमानकी बहिनीलाई पारपाचुके दिए उनैले धोका !

सलमान खानकी बहिनी श्वेता रोहिरालाई उनका पति पुलकित सम्राटले जुन एक्ट्रेसको लागि छोडेका थिए, अब त्यहि एक्ट्रेस उनीसंग अलग भएकी छिन ।

हामी कुरा गर्दै छौ यमी गौतमको । सम्राटले श्वेतालाई यमीकै कारण पारपाचुके दिएका थिए । धेरै समयदेखि डेट गर्दै आएका लव बर्डको सम्बन्धको अन्त्य भएको छ । एक अन्तर्वार्तामा सम्राटले भने अहिले म सिंगल छु । यति मात्र नभई एक अर्काले सामाजिक संजालमा समेत अन्फलो गरेका छन् । एक अर्कासंग अलग हुनुको कारण भने बाहिर आएको छैन स्रोतको यो मान्यता छ कि यमीका अभिभावकलाई विवाहित पुरुषसंगको उनको सम्बन्ध स्वीकार्य थिएन ।