‘रेस ३’ पोष्टर आउट

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को पहिलो पोष्टर रिलिज भएको छ । गएको हप्ता सलमानले सोसल मिडियामार्फत फिल्मको लोगो सार्वजनिक गरेका थिए ।

उनले फिल्मको फर्स्ट पोष्टर सोसल मिडियामा सार्वजनिक गर्दै लेखेका छन्, ‘यो हप्ता मिलाउने छु ‘रेस ३’ को फेमिलीसँग । मेरो नाम हो सिकन्दर । स्वार्थी तर निस्वार्थ ।’ सलमान खानको यो लुक्सले अनुमान लगाउन गाह्रो छैन कि फिल्ममा उनको जर्बजस्त एक्सन हेर्न पाइनेछ ।