को को छन् ‘तिमी सँग’मा ? निर्देशक भन्छन लुकाइएका “६”

चलचित्र ‘तिमी सँग’को शिर्ष गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक तथा निर्माता शिशिर राणाले चलचित्रमा अन्य ६ जना कलाकार पनि रहेको खुलासा गरेका छन । तर को को हुन भनेर खुलाएनन ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री/निर्देशक दिपाश्री निरौलाको उपस्थिति रहेको थियो, कतै दिपा पनि यस चलचित्रमा छिन् कि ? उपस्थीतीको हिसाबमा यो अनुमान सही पनि हुन सक्छ । निरौला लगायत ‘तिमी सँग’ यूनिटले संयुक्तरुपमा चलचित्रको अडियो सि.डी सार्वजनिक गरेका थिए ।

कार्यक्रम मै गीताको भिडियो पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टाइटल गीत अन्नपूर्ण बेस क्याम्पमा छायाङ्कन गरिएको हो । चैत्र २३ गतेदेखी अल नेपाल रिलिज हुन लागेको यस चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ । ट्राभल स्टोरी रहेको यस चलचित्रको कथा / निर्माण तथा निर्देशन शिशिर राणाको रहेको छ ।