‘सब तेरा’सँग मिल्दो जुल्दो ‘तिमीसँग’को गीत

नेपाली कलाकारले नेपालीकै गीत चोरी गरेका खवर त हाम्रा लागी सामान्य भैसक्यो । विदेशी फिल्मका कथा हु–वहु नेपाली फिल्ममा कपि गरेर पेस्ट गरेको पनी सवैलाई थाहै छ । दर्शक तान्ने बलियो हतियार गित संगित हो भन्न थालिएको छ नेपाली फिल्मी बजारमा । र, यहि हतियारमा समेत वलिउडकै भर पर्नुपरेको छ । पछिल्लो फिल्म ‘तिमीसँग’ को शिर्ष गित भारतीय फिल्मवाट चोरीएको मेरो फिल्मले पत्ता लगाएको छ ।
साम्राज्ञी राज्य लक्ष्मी शाह र आकाश श्रेष्ठको अभिनय रहेको फिल्मको यो गित ‘तिमीसँग’ बलिउड फिल्म ‘बागी’ को ‘सब तेरा’ बोलको गीतसँग हुबहु मिल्छ । ‘बागी’ को सो गीतमा टाइगर श्राफ र श्रद्धा कपुरले अभिनय गरेका छन् । ‘तिमीसँग’ को शीर्ष गीतमा मधुरा भट्टाचार्य र राहुल मुखर्जीको स्वर रहेको छ । फिल्मको संगीत पनि राहुल मुखर्जीले नै तयार गरेका हुन् ।


गीत जस्ताको तस्तै मिलेछ नी ? मेरो फिल्मले तिमीसँग गितका संगितकार तथा गायक राहुल मुखर्जीलाई प्रश्न गर्यो, उनले सामान्य तर्क राखेर पन्छिने प्रयास गरे । उनले भने, ‘तपाईलाई त्यस्तो लागेको हो र ? स्केल त फरक छ । अब के भनुँ तपाईंहरुले नै विचार गर्नुस् ।’
फिल्मका निर्देशक शिशिर राणाले भने आफूलाई यो विषयमा थाहै नभएको प्रतिक्रिया दिए । ‘खै सुन्न त सुनेको हो, आफू संगीतकार हैन, सुनेर भन्छु ।’
नेपाली फिल्मका गीत संगीतले विस्तारै बलिउड फिल्मका गीतलाई विस्थापित गर्दै लगेका छन् । नेपाली फिल्मलाई दर्शकले पत्याउन थाल्नुमा गीत पनि कारण मानिएको छ । तर, यसरी बलिउडबाट हुबहु सार्न थाल्ने हो भने नेपाली फिल्मले पाउँदै गरेको आत्मविश्वास फेरि गुम्ने छ । दर्शकलाई जबर्जस्ति हलमा तान्ने हतियार वनाउने ध्याउन्नमा रहेका नेपाली फिल्मका निर्माता तथा निर्देशकले यो विषयमा पनी ध्यान दिन जरुरी छ की हामी भन्दा जान्ने अरु पनी छन् ।