सलमानसँग फोटो खिचेरै दंग पर्ने हो त ?

- मेराेफिल्म

अभिनेत्री सुष्मा कार्की र जेनिशा केसीले बलिउड अभिनेता सलमान खानसँग तस्बिर खिचे । सुष्माले लण्डनमा सलमानलाई भेटेर तस्बिर खिचिन् भने जेनिशाले मुम्बइमा तस्बिर खिचाइन् ।

सुष्माले तस्बिर खिचेपछि मिडियामा हाइप त राम्रै भयो । उनले, पनि सलमानसँग के के भयो भन्न मिल्दैन भन्दै जवाफ दिइन् ।
यता, जेनिशा केसीले पनि सलमानसँग तस्बिर खिचाएर फेसबुकमा पोष्ट गर्दै उनीसँग चाडै नै फिल्म खेल्न लागेको आशयको स्टाटस लेखिन् ।
जेनिशा लामो समयदेखि भारतमा छिन् । उनी, बलिउडमा प्रवेश गर्न संघर्षरत रहेको चर्चा छ । तर, आजसम्म उनले बलिउड फिल्म साइन गरेको, काम गरेको सुनिएको छैन ।यस्तो लाग्दैछ, सुष्मा र जेनिशा सलमानसँग तस्बिर खिचेरै दंग छन् । सुष्मा कार्कीले पनि नेपाली फिल्ममा कुनै तहल्का मच्चाएकी छैनन् । बरु, विदेशका कार्यक्रममा व्यस्त छु भन्न समेत भ्याउँछिन् । जेनिशा भने बलिउडमा नेपाली फिल्ममा असफल भएर गएकी हुन् । हेरौ, उनले बलिउडमा कुन स्थान जमाउने हुन् । तर, अहिले यी दुबै अभिनेत्री सलमानसँग तस्बिर खिचेरै दंग छन् ।

२०७४ चैत ७ गते १३:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *