शुरु भयो लखपती माग्ने

नेपालमा तुलनात्मक रुपमा हेर्ने हो भने महिला निर्देशकहरुको संख्या निकै कम छ । दुई हातका औलामा गन्न सकिने महिला निर्देशकहरुको भिडमा अर्को एक नाम थपिने भएको छ सवनम मुखिया । पछिल्लो समय महिला निर्देशकहरुले निर्देशन गरेको चलचित्रहरु चलिरहेको छ । उनीहरुले पनि निर्देशनको भूमिकालाई अब्बल ढंगबाट निभाउन सक्छन भन्ने उदाहरण हामीले देखिसकेका छौ । चलचित्र अभिनयबाट निर्देशनमा फड्को मारेकी नायिका झरना थापा हुन् या टेलिचलचित्र हुदै चलचित्र निर्देशनमा आएकी दिपाश्री निरौला सबैका चलचित्र हिट साबित भएका छन् । अब यहि भिडलाई पच्छाउदै नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीया चलचित्र ‘लखपति माग्ने’बाट आफ्नो निर्देशन यात्रा सुरु गर्दै छिन् । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको चलचित्र लखपति माग्नेका निर्माता प्रकाश चन्द्र महर्जन हुन् । राजेश खड्गी सह-निर्मातामा रहेका फिल्मलाई सवनम खाफैले लेखेकी हुन् ।
चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुको जम्घट रहेको छ । मुख्य कलाकारहरुमा कमलमणी नेपाली, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णु प्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाल रहेका छन् ।