रणवीर र दीपिकाको ब्रेकअप हुने आशंका

बलिउडका चर्चित कलाकार दीपिका पादुकोण र रणवीर सिंहको सम्बन्धले वेलावेला संचारमाध्यम तताइरहेको हुन्छ । केहि समयअगि उनीहरुले बिहे गर्न लागेको हल्ला चलेको थियो । त्यसपछि फेरी केहि समय विवाह नहुने भन्ने हल्लाले पनि राम्रै चर्चा पायो । फेरी अहिले आएर दीपिका र रणवीरको ब्रेकअप हुन सक्ने कुराले राम्रै चर्चा पाइरहेको छ ।

केहि दिनाघी रणवीर र दीपिकाको जोडीलाई लिएर निर्माता तथा निर्देशक करण जोहरले ब्रेकअपको आशंका ब्यक्त गरेका थिए । जोहरले यो जोडीको लंग डिस्टेन्स रिलेसनसिपका कारण ब्रेकअप हुनसक्ने सम्भावना रहेको बताएका हुन् । उनले रेडियो सो ‘रिभर्स रयापीड फायर’ मा यो कुराको खुलासा गरेका हुन् । कुन बलिउड सेलिब्रेटीको लंग डिस्ट्यान्स सम्बन्धको कारण ब्रेकअप हुन सक्छ भन्ने एक कलरले सोधेको जिज्ञासामा उनले भने, ‘मलाइ रणवीर र दीपिकाको सम्बन्धलाई हेर्दा त्यस्तो लाग्छ । उनीहरुलाई सधै साथ रहन जरुरी छ । तर, कामको व्यस्तताका कारण एक अर्कालाई समय दिन गार्हो छ ।
साभार : गज्जब साप्ताहिक