माधुरीको गीतमा ज्याकलीनको आलोचना

बलिउड नृत्य क्वीन माधुरी दीक्षितको चर्चित गीत ‘एक दो तीन’को रिमेक भर्जन केही दिन अघि रिलिज भएको थियो । चलचित्र बाघी २ मा समावेश गरिएको उक्त गीतमा बलिउड अभिनेत्री ज्याकलीन फर्नानडीजले नृत्य गरेकी छिन् ।

बोल्ड रूपमा प्रस्तुत भएकी ज्याकलीन यति बेला ट्रोलरको सिकार भएकी छिन् । धेरैले उनलाई माधुरीको बेइज्जत गरेको आरोप लगाएका छन् । रिमेक भर्जन रिलिज भएको केही समेत नबित्दै सामाजिक सञ्जालमा ज्याकलीनको आलोचना भएको थियो । धेरैले नयाँ भर्जन बनाएर पुरानो गीतलाई न्याय नगरेको भनेका छन् । माधुरीका फ्यानले ज्याकलिनको नृत्य राम्रो नभएको भन्दै आलोचना गरेको छन् ।