मौलिक कथामा सिनेमा निर्माण गर्नु पर्छ – शंकर पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी दिनमा मौलिक कथामा सिनेमा निर्माण गर्न सके सिनेमा क्षेत्रले आफ्नो परिभाषा पाउने र केहि हदसम्म फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

बुटवलमा सम्पन्न भएको नेपाल चलचित्र संघको ४५औं साधारणसभामा बोल्दै मुख्यमन्त्रि पोखरेलले अहिले फाट्टफुट्ट मौलिक कथामा आधारित सिनेमा निर्माण हुने गरेपनि अधिकाँस सिनेमा भारतीय सिनेमाबाटै प्रभावित रहेको बताए । साधारण सभामा देशभरका हल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सभामा नेपाली सिनेमा र बक्स अफिस प्रणालीको बारेमा बृहद छलफल हुनुका साथै मोफसलका हल व्यवसायीहरुलाई बक्स अफिस प्रणाली कसरी लगाउने भनेर जानकारी समेत गराइएको थियो। कार्यक्रममा उपस्थित सबैले चलचित्र बिकास बोर्डले सुरु गरेको बक्स अफिस सिस्टमलाई सकारात्मक रुपमा लिदै निर्धारित समयमै बक्स अफिस प्रणाली लागु गर्नमा हल व्यवसायी एकजुट हुनुपर्ने विचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले नेपाली हलहरुलाई आगामी दिनमा मर्यादित तवरले अगाडी बढाउने र समय सापेक्ष हलहरु ‘अपग्रेड’ गर्दै लैजाने बताएका थिए ।