सलिनले फिल्म गर्ने कि डिमाण्ड मात्र गर्ने

पहिलो फिल्म खेलेर थोरै मात्र कलाकार स्टार भएका छन् । पहिलो फिल्म खेल्ने वित्तिकै बजारमा डिमाण्ड कमै मात्र कलाकारको हुने गर्छ । अहिले, अभिनेता सलिनमान बनियाँको पनि डिमाण्ड यस्तै छ । फिल्म ‘ए मेरो हजुर २’मा काम गरेपछि चर्चामा पुगेका सलिनमान बजारमा सर्वाधिक खोजिएका छन् । निर्माता–निर्देशक पनि उनको घरमा कथा लिएर पुग्छन् ।

तर, घरमा निकै मायाले हुर्किएका सलिनलाई फिल्म खेल्न इच्छा नै छैन जस्तो छ । उनले, धेरैको अफर अस्विकार गरिसकेका छन् । बरु, अहिले उनी आफ्नी प्रेमिकासँग रमाउनमा व्यस्त छन् । सलिनमानको यो शैलीले धेरै निर्माता हैरान पनि भएका छन् । तर, सलिनले फिल्ममा काम गर्न लागेको खबर भने सार्वजनिक भैरहेका छन् ।कहिले निर्देशक झरना थापाको फिल्ममा सलिन अनुवन्धित भएको खबर आउँछ भने कहिले निर्माता केशव भट्टराइको फिल्ममा उनले काम गर्न लागेको खबर सार्वजनिक हुन्छ । तर, उनले कुनै पनि फिल्म साइन गरेका छैनन् । आखिर, सलिनले फिल्म पनि गर्ने हुन् कि डिमाण्ड मात्र बढाएर बस्ने हुन् ?