प्रदिपलाई यसमै फाइदा छ

अभिनेता प्रदिप खड्काका केहि भनाइले अन्य स्टारका फ्यान भड्किए । अभिनेत्री पूजा शर्मादेखि अभिनेता अनमोल केसीमाथिको टिप्पणीले प्रदिपसँग यी कलाकारका फ्यान मोडिए । यतिमात्र होइन, मिडियामा पनि प्रदिप सकारात्मक भन्दा बढी नकारात्मक भए । सायद, प्रदिपले बल्ल यो कुरा वुझेछन् । अहिले, उनी कुल देखिएका छन् । अभिनेत्री पूजा शर्मासँग त उनले बुधबार बेलुकी कुरा गर्दै तस्बिर नै खिचाए । उनले, नेपालको सुपरस्टार अभिनेता अनमोल केसी हुन् भनेर अभिव्यक्ती पनि दिए ।

पूजा र अनमोलमाथि प्रदिपको टिप्पणीले पनि अब उनी परिवर्तन हुन खोजेको देखिन्छ । फिल्म क्षेत्रमा आज आफ्नो भएको मान्छे भोली पराई हुन समय लाग्दैन । यसैले पनि झगडा गरेर, डाहा गरेर फाइदा छैन भन्ने प्रदिपले पनि वुझेको हुनुपर्छ । अहिले उनी कुल र सालिन देखिन थालेका छन् । प्रदिपको यो शैली ‘लिलिबिली’ रिलिजपछि पनि देखियो भने उनका लागि पनि सुखद हुनेछ । आखिर, सबैसँग राम्रै बोलेर नै फाइदा छ प्रदिप जी ।
फोटो : द सिनेमा टाइम्स