‘मिस्टर ग्लोबल टिन–२०१८’मा राज खड्कालाई ‘बेस्ट ट्यालेन्ट’को उपाधि

- मेराेफिल्म

पछिल्लो समय नेपालले धेरै जसो अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेको छ । यसै क्रममा  अन्तर्राष्ट्रिय सौन्दय प्रतियोगिता ‘मिस्टर ग्लोबल टिन–२०१८’मा नेपाली प्रतानिधि राज खड्का उत्कृष्ट पाँचमा पर्नुका साथै ‘बेस्ट ट्यालेन्ट’ को उपाधि जित्न सफल भएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न भएको उक्त प्रतियोगितामा राज खड्काले विश्वका विभिन्न मुलुकका टिनएजर युवाहरुसंग प्रतिस्पर्धा गरेका थिए ।

मिस्टर एण्ड मिस ग्ल्यामरस आइकन-२०१८ अन्तर्गत तिन विधाका विजेता समेत रहिसकेका खड्का नेपालका कन्ट्री डाइरेक्टर तथा ड्रिम सर्च एजेन्सीका प्रमुख कार्यकारी अधिकृत कमल निकोन क्षेत्रीको नेतृत्वमा उक्त प्रतियोगितामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा ग्वाम आइसल्याण्डका १६ वर्षिय किन आर आर्टेराले मिष्टर ग्लोबल टिन-२०१८, कोरियाका येवान ली फस्ट रनर्स अप तथा तथा श्रीलंकाका पासन वीरासेकारा सेकेन्ड रनर्स अप हुन सफल भए ।

२०७४ चैत ९ गते ४:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *