ऋतिक र कट्रिना ब्याङ ब्याङको सिक्वेलमा ?

ऋतिक रोसन र कट्रिना कैफ़ अभिनित फिल्म ‘ब्याङ ब्याङ’ र ‘जिन्दगी ना मिलेगी दुबारा’ मा दर्शकले उनीहरुको केमेस्ट्रीलाई अत्यन्तै प्रसंसा गरेका थिए । रिपोर्टका अनुसार मेकर्सहरु ब्याङ ब्याङको सिक्वेल बनाउने तयारीमा छन् ।

फिल्म २०१४ मा फक्स स्टारको ब्यानरमा तयार पारिएको थियो । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए भने सिक्वेलमा कसले निर्दशन गर्ने हो पक्का भैसकेको छैन । अहिले ऋतिक नयाँ फिल्म ‘सुपर ३०’ मा ब्यस्त छन् भने कट्रिना ‘जिरो’ मा ब्यस्त छिन् । उनीहरुको ब्यस्तता सहज भएपछि ब्याङ ब्याङलाई ठाउँ दिने बताइएको छ । अब दर्शकले छिट्टै यो हट जोडीलाई एकसाथ हेर्न पाउने छन् ।