फोटो पत्रकार क्लबको अध्यक्षमा पुनः कार्की

नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको नवौँ साधारणसभाबाट बिकास कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षका लागि अन्नपूर्ण पोष्टका फोटो सम्पादक बिकास कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा कार्कीसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका फोटो पत्रकार केशबराज थोकर, महासचिवमा कान्तिपुर पब्लिकेशनका फोटो पत्रकार श्रुति श्रेष्ठ र कोषाध्यक्षमा राजधानी दैनिकका फोटो पत्रकार द्वारीका काफ्ले, सचिबमा नयाँ प्रत्रिकाका ज्ञानेन्द्र कार्की निर्विरोध निर्वाचित भएका हुन ।

यसै गरी सदस्यहरुमा गोरखापत्रका बिकास द्वारे, द काठमाडौ पोष्टका प्रकास तिमल्सेना, नेपाली टाईम्सका बिक्रम राई, कान्तिपुरका हेमन्त श्रेष्ठ, स्पोर्टस टाईम्सका शंकर ब्यजनकार, नयाँ प्रत्रिकाका अमूल थापा निर्बिरोध चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक अधिबक्ता पबित्रा राउत र नेपाल पत्रकार महासंघका प्रतिनिधी तथा एसोसियट संयोजक पवन आचार्यले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टको प्रमुख अतिथ्यमा सम्पन्न अधिबेसनमा बरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेन्द्र श्रेष्ठ, किरण पाण्डे तथा निबर्तमान अध्यक्ष प्रकास माथेमाको उपस्थितीमा रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिब रमेश विष्टले फोटो पत्रकारिताको महत्व अहिलेको समयमा झन् बढ्दै गएको बताए । तस्बिरको भाषा सशक्त हुने भन्दै फोटो पत्रकारहरुका समस्याबारेमा महासंघ संवेदनशिल रहेको बताए । फोटो पत्रकारहरुको न्यूनतम पारिश्रमिक र उनीहरुका क्यामेराको विमाबारे क्लबसँग सहकार्य गर्ने विष्टले बताए । यसैगरी क्लबले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन समेत गरेको थियो ।